दफा ४०
स्वीकृतिको लागि प्रस्तुतीकरण
प्रस्तुत गरेपछि भुक्तानी पाउने विनिमेयपत्र स्वीकृतिको लागि ड्रयी समक्ष कारोबारको दिनमा कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । प्रस्तुत गर्नुपर्ने दिन तथा स्थान नलेखिएकोमा स्वीकृति माग गर्ने अधिकार भएको व्यक्तिले मनासिब समयभित्र ड्रयीको उचित खोजतलास गरी निज समक्ष कारोबारको दिनमा कारोबार गर्ने समयभित्र प्रस्तुत गर्नुपर्नेछ । सो बमोजिम प्रस्तुत नगरेमा त्यस्तो नगर्ने व्यक्तिप्रति अन्य कुनै पक्ष उत्तरदायी हुने छैन । तर ड्रयीले उचित खोजतलास गर्र्दा पनि फेला नपरेमा विनिमेयपत्र अनादर गरेको मानिनेछ ।